पोखरा न्यूज – १९ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट समेटिएको बिच भलिबलमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । १३ औं साग अन्तर्गत बिहीबारदेखि लेकसाइडमा शुरु भएको बिच भलिबलमा पुरुषको २ र महिलाको २ टिमले पहिलो खेलमै पराजय ब्यहोरेका हुन् ।
नेपालको तर्फबाट बाराहीघाट मैदानमा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार, राजु विक र सञ्जु शाह, महिलातर्फ विनिता बुढाथोकी र नेविका चौधरी, कोपिता उप्रेती र मनीषा चौधरीको जोडी प्रतिस्पर्धामा उत्रिए ।
पहिलो खेलमा नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीस“ग २५–२३, २१–२३ र १२–१५ को सेटमा पराजित हुनुपर्यो ।
बंगलादेश शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडी माल्दिभ्सको अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीस“ग १८–२१ र १६–२१ ले पराजित भयो ।
नेपालका राजु विक र सञ्जु शाहको जोडी पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीस“ग १४–२१ र १५–२१ को हार ब्यहोर्यो ।
बंगलादेशको मोहम्मद मोनर हुसैन र मोहम्मद शाहजहा“ अलिको जोडीले माल्दिभ्सका एडम नसिम र मोहम्मद अलिको जोडीलाई १७–२१, २१–१८ र १५–१२ को सेटमा पाखा लगायो ।
पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीले बंगलादेशको शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडीलाई २१–१९ र २१–१६ को सेटमा सहजै जित्यो ।
श्रीलंकाका इन्डिका तिरोन र जयन सनुजाको जोडीले नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीलाई २१–१६ र २१–१८ मा समेट्दै जित हात पा¥यो ।
पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीले बंगलादेशको मोहम्म्द मोनिर हुसैन र मोहम्मद शाहजहा“ अलिको जोडीलाई १८–२१, २१–१८ र १५–१० को सेटमा पराजित गर्यो ।
श्रीलंकाका प्रदिप आशंका र असिन कुमाराले नेपालका राजु विक र सञ्जु शाहको जोडीलाई २१–९ र २१–११ मा सहजै पखा लगायो ।
पुरुषतर्फ जस्नव खान र अफाख खानको जोडी ४ अंकसहित पुल ‘ए’ को शीर्ष स्थानमा छ । पाकिस्तानकै मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीले पनि ४ अंक सहित पुल ‘बी’ को शीर्ष स्थान ओगटेको छ ।
महिलातर्फ बिहीबार २ खेल भए । पहिलो खेलमा नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडी श्रीलंकाको दीपिका जेडेरा र मधुशानी वेरासिंगेको जोडीस“ग १६–२१, २१–१२ र ११–१५ को सेटमा पराजित भयो ।
अर्को खेलमा नेपालकै कोपिता उप्रेती र मनीषा चौधरीको जोडी श्रीलंकाकै लक्षिनी थारुका र दिनेशा प्रशादनीको जोडीस“ग ११–२१ र १३–२१ ले पराजित हुन पुग्यो ।