५८ स्वर्णसहित भारत पदक तालिकाको अग्र स्थानमा, नेपाल दोस्रो

पोखरा न्यूज – १९ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ ।

भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित कूल ११८ पदक जितेको छ । नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित कूल ९६ पदक प्राप्त गरेको छ ।

यस्तै श्रीलङ्का १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित तेस्रो, पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १० रजत र ४० कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भुटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले आज साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका :

देश           स्वर्ण   कास्य  रजत   जम्मा
भारत         ५८    ४१     १९      ११८
नेपाल         ३६    २६    ३४     ९६
श्रीलङ्का       १६    ३१    ५२     ९९
पाकिस्तान  १२    २१    २२     ५५
बङ्गलादेश  ४     १०    ४०      ५४
माल्दिभ्स   १     ०       २        ३
भुटान       ०     ०       ६        ६

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Very very congratulations of all Nepali player likely hard practice and next time won all the position jay Nepal ?????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button