शुक्रबारबाट ‘माछा माछा’ र ‘माया पिरिम’ रिलिज

आर.आर.पौडेल, पोखरा न्यूज – २०, मंसिर । शुक्रबारबाट २ चलचित्र ‘माछा माछा’ र ‘माया पिरिम’ रिलिज हुदैछन् । ‘माछा माछा’ सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रवीण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणि नेपाल, धुब्र कोइराला, वसन्त भट्ट आदी कलाकारको अभिनय रहेको चलचित्र हो । चलचत्रिको लेखन तथा निर्देशन सुनिल गुरुङले गरेका हुन् । चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् । यो चलचित्रमा दयाहाङ राईको पनि लगानी छ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रवीण सिंहको कोरियोग्राफी रहेको छ ।

 


शुक्रबारनै कोसिस क्षेत्री र किरण चन्द प्रमुख भूमिकामा रहेको टेक पौरखी राईले निर्देशन गरेको चलचित्र ‘माया पिरिम’ रिलिज हुदैछ । चलचित्रको सविन अधिकारी र प्रविन थापा निर्माता हुन् । मोहन मरासैनी र युवराज दाहाल सह–निर्माता रहेको चलचित्रको सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता हुन् । चलचित्रमा निरज कँडेलकोे छायाकंन, श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी रहेको छ । कमेडी र एक्सनको जनरामा निर्माण भएको चलचित्रमा कोशिश र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङ आदी कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button