भिटेनको नयाँ गीत ‘थाहा छैन’ सार्वजनिक (भिडियो सहित)

आर.आर. पौडेल, पोखरा न्यूज – २०, मंसिर । नेपाली ¥यापर समिर घिसिङ भिटेनले नयाँ गीत थाहा छैन युट्युब मार्फत सार्वजनिक गरेका छन् । आफ्नै अफिसियल च्यानल मार्फत रिलिज गरेको यो गीतले दर्शकलाई आर्कषित गरिरहेको छ । भिटेनले गीत मार्फत आफ्नो मनका कुरा अनि विगतबाट पाठ सिकेको बताएका छन् । यसअघिका गीतमा भन्दा केहि फरकपना दर्शकलाई दिने प्रयास उनले गरेका छन् । यो गीत जीवनमा बाँच्न सिकाउने खालको भएको गायक भिटेन बताउँछन् । यो समाचार तयार पार्दा यो गीत युट्युबको ट्रेन्डिङमा रहेको छ ।

उनी यतिबेला नयाँ एलबमको तयारीमा समेत छन् । आफ्नो तेस्रो एलबम सन् २०२० को मध्यतिर बजारमा ल्याउने उनको तयारी हो । उनले हालसम्म झण्डै ६० गीतमा आवाज भरेका छन् । उनले पहिलो एलबम सन् २०१७–१८ मा र दोस्रो एलबम सन् २०१९ मा निकालेका थिए । उनले सन् २०१५ मा गरिब बोलको गीत रेर्कड गराए । यो नै उनको रेर्कडेड डेब्यु गीत थियो । सन्देशमुलक यो गीतले उनलाई साँगीतिक क्षेत्रमा ल्याएको थियो । उनका म त यस्तै त हो नी ब्रो, मान्छे खत्तम, लाहुरेको फेसन, खलासी, चुरोट, तातो न छारो, बहिनि, सिम सिमे पानी, हालखबर, अन्तिम चाहना, हिम्मत, इन्ट्रो आदी गीत दर्शक श्रोताले रुचाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button