फ्रान्समा पेन्सन प्रणालीमा सुधार ल्याउने निर्णय विरुद्ध आन्दोलन, ९० पक्राउ

सुब्रत ढकाल, पोखरा न्यूज – २०, मंसिर । फ्रान्स सरकारले पेन्सन प्रणालीमा व्यापक परिवर्तन ल्याउने निर्णयको विरोधमा राजधानी पेरिसमा विशाल प्रदर्शन भएको छ । निर्णयको विरोधमा ६५ हजार नागरिक सडकमा प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गर्दा ९० भन्दा बढी प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।

राष्ट्रपति इम्यानुयल म्याक्रोनलाई पेन्सन सुधार खारेज गर्न दबाब दिने लक्ष्यका साथ फ्रान्सभरि ८ लाख नागरिक प्रदर्शनमा उत्रेका हुन् । फ्रान्स सरकार हाल कायम ४२ पेन्सन प्रणालीलाई खारेज गरि सबैलाई एकैमा समेट्ने गरि नयाँ नियम ल्याउन ल्याएको हो जस अनुसार सबै थरिका कामदारले ६२ वर्षमा अवकाश पाउनेछन् । अहिलेको नियममा भने फरक पेशा र व्यवसाय गर्नेलाई फरक उमेरमा अवकाश र पेन्सन पाउने व्यवस्था छ ।

आन्दोलनकारी सडक कब्जामा लिएसँगै पेरिसको आइफिल टावर बन्द गरिएको छ भने तीव्र गतिमा रेल सेवा अवरुद्ध पारिएको छ । रेल सेवा अवरुद्ध हुँदा आफुहरु अलपत्र परेको पर्यटकहरुले गुनासो गरेका छन् । त्यस्तै पेरिसमा मास्क लगाएको एक सानो समूहले पसलको सिसा फुटाल्ने, आगो लगाउने र प्रहरीमाथि पटाका प्रहार गर्ने जस्ता हिंसात्मक गतिविधि गरेको जनाइएको छ ।

आन्दोलनकारीलाई रोक्न प्रशासनले ६ हजार प्रहरी खटाइएको छ भने प्रहरीले भीड नियन्त्रण गर्न टियर ग्यासको प्रयोग गरेको पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button