बिच भलिबलमा दुवै नेपाली पुरुष टोली विजयी

सुब्रत ढकाल, पोखरा न्यूज – २०, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पोखराको लेकसाइडमा भएको बिच भलिबलमा आज भएको खेलमा दुवै नेपाली टोलीले जीत निकालेका छन् ।

आज भएको पहिलो खेलमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले बङ्गलादेशका सेख मोहम्मद सानी र हैदर मोहम्मद इमरानको जोडीलाई २१-१६ र २१-१८ को सेटमा पराजित गरे । त्यस्तै अर्को खेलमा सन्जु विक्रम शाह र राजु विकको जोडीले होस्नेन मोहम्मद मोनिर र अलि मोहम्मद शाहनजाको जोडीलाई २२-२० र २१-१५ को सेटमा हराएका थिए ।

हिजो भएको दुवै खेलमा नेपालका खेलाडी पाकिस्तानका खेलाडीसँग पराजित भएका थिए । भोलि नेपाली टोलीले माल्दिभ्सका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button