पौडीकी गौरिकालाई दोस्रो स्वर्ण

पोखरा न्यूज – २०, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले दोस्रो स्वर्ण जितेकी छिन् ।

आज भएको महिला २ सय मिटर ब्याक स्ट्रोकमा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट १७.१३ सेकेण्डमा पार गरेकी थिइन् ।

बिहीबार उनले २ सय मिटर कै फ्रीस्टाइलमा स्वर्ण जितेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button