पोखरामा ‘एप्स’ एसियाको टोली

पोखरा न्यूज – २१, मंसिर । खेलकुद पत्रकारहरुको अन्तर्राष्ट्रिय छाता सस्था अन्तर्राष्ट्रिय खेलकुद प्रेस एसोसिएसन (एप्स) अन्तरगत एसियाको एक टोली पोखरा आएको छ । उनीहरु शुक्रबार पोखरा आएका हुन् ।

काठमाडौं र पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अवलोकन र जानकारी लिन एप्सका महासचिवव अमजद अजिज मलिक, उपाध्यक्ष ही डन जंग र एप्स एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी समेत पोखरा आएका छन् ।

महासचिव मलिक उपाध्यक्ष जंग र कोषाध्यक्ष राजवंशीले आज पोखरा रंगशाला स्थित मिडिया सेण्टर लगायत अन्य खेल स्थलहरुको अवलोकन गरेका थिए ।

उनीहरुलाई मिडिया सेण्टरमा प्रचार प्रसार तथा प्रकाशन समितिका संयोजक एवम मिडिया सेण्टरका अध्यक्ष केशव पाठक, सह संयोजक रञ्जन अधिकारी अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले स्वागत गरेका थिए ।

उक्त टोलीलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा सेफ दि डेपुटी मिसन पोखराका तेज गुरुङ्ले समेत १३ औं साग पोखराको सचिवालयमा स्वागत गरी पोखरामा भएको खेलकुदको अवस्थाबारे जानकारी गराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button