साग महिला फुटबलमा माल्दिभ्सलाई काश्य

पोखरा न्यूज – २१, मंसिर ।  जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सले काश्य पदक हात पारेको छ । पोखरास्थित फुटबल स्टेडियममा भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

राउन्ड रोबिन लिग आधारमा भएको खेलमा श्रीलंका र माल्दिभ्स दुवैले जारी प्रतियोगितामा खाता खोल्न सकेका थिएनन् । दुवै नेपाल र भारतसँग पराजित हुँदै तेस्रो स्थानका लागि भिडेका हुन् । लिगमा तल्लोस्थानमा रहेकैले शनिबार भएको खेलबाट काश्य पदक छिनोफानो गरिएको हो ।

खेलको अग्रता माल्दिभ्सका ऐसथ फिरुसाले ४३ औं मिनेट गोल गर्दै लिएकी थिइन् । पहिलो हापको अन्तिमा समयमा गोल खाएपछि श्रीलंका दबाबमा परेको थियो । लगत्तै दोस्रो हापको पहिलो मिनेट (४६)औं मिनेटमा माल्दिभ्सकै अमिनाथ सामिलाले गोल गर्दै अग्रता दोब्बर गरेकी थिइन् ।

श्रीलंकाकी चलानी एकनायकाले ७१ औं मिनेटमा गोल गर्दै माल्दिभ्सको गोलअन्तर घटाएकी थिइन् । तर, बाँकी समयमा पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा भने श्रीलंका साग इतिहासमा काश्य पदक चुम्नबाट चुकेको छ ।

लिग चरणको अन्तिम खेल भने आजै दिउँसो २ बजे नेपाल र भारत भिड्ने छन् । यद्यपि दुवै टिमले हारेपनि जितेपनि स्वर्ण पदकका लागि पुनः फाइनलमा भिड्ने छन् । लिग चरणमा दुवै टिम शीर्षस्थानमा रहेकाले एक खेल अगावै दुवै टिमले फाइनल यात्रा पक्का गरेक हुन् ।
ह्याण्डबलमा नेपाल पहिलो पटक फाइनलमा
पोखरा, २१ मंसिर ।

घरेलु भूमीमा आयोजना गरेको १३ औं एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ । शनिबार भएको महिलातर्फको सेमिफाइनलमो पाकिस्तानमाथि २१ का विरुद्द २२ गोल गर्दै नेपालको महिला टोली पहिलो पटक फाइनल पुगेको हो । नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । नेपालले स्वर्ण पदकका लागि सोमबार भारतसग फाइनल खेल्नेछ ।
यता, शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १३ का विरुद्द ४१ गोल गर्दै फाइनल पुगेको हो । भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button