भारोत्तोलनमा नेपालको सहभागितामै काश्य सुनिश्चित

पोखरा न्यूज – २१, मंसिर ।  १३ औं साग भारोत्तोलनअन्तर्गत नेपाल महिलातर्फको २ वटा वेट क्याटागोरीमा काश्य सुनिश्चित गर्दै शनिबारको खेलमा स्टेज उक्लियो र, स्न्याच तथा क्लीन एण्ड जर्क दुवै विधामा लिफ्ट सकिँदा काश्य भन्दा माथि उक्लिन सकेन ।

भयो के भने, महिलातर्फ ७६ केजी र ८१ केजी तौल समूहमा मात्र ३ देशको सहभागितामा नेपालको लागि भारत, बंगलादेश र श्रीलंका बाधक बने । नेपालकी तारादेवी पुनले ७६ केजी तौल समूह र लक्ष्मी वनले ८१ केजी तौल समूहमा कास्यमा चित्त बुझाएका हुन् ।
पहिलो इभेन्टमा बंगलादेशकी माविया अख्तरले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १ सय ५ गरी कुल १ सय ८५ तौल उठाउँदै स्वर्ण जितिन् ।

त्यस्तै, श्रीलंकन खेलाडी बीसी प्रियन्थीले स्न्याचमा ८३ र क्लीन एण्ज जर्कमा १ सय १ गरी कुल १ सय ८४ किलो तौल बहन गरी देशलाई रजत पदक दिलाइन् । १२ औं सागमा समेत कास्य जितेकी नेपालकी तारादेवीले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ९७ गरी कुल १ सय ७२ तौल उठाएकी हुन् ।

त्यस्तै, ७६ केजी तौल समूहमा भारतकी सृष्टि सिंहले स्न्याचमा ८२ र क्लीन एण्ड जर्कमा १ सय ८ गरी कुल १ सय ९० भार गरी स्वर्ण र बंगलादेशकी जुहोरा खातोन नीशाले कुल १ सय ६८ किलो तौल उठाउँदै रजत जित्न सफल भइन् ।

उनले स्न्याचतर्फ ७३ र क्लीन एण्ड जर्कमा ९५ तौल उठाएकी हुन् । ३ देशमात्र सहभागी सो इभेन्टमा नेपाल प्रहरीमा आबद्ध लक्ष्मी वनले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १ सय ४० तौल उठाउँदै कास्य दिलाउन सफल भएकी हुन् । जारी प्रतियोगितामा नेपालले हालसम्म २ स्वर्ण र ८ कास्य जितिसकेको छ । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button