महिला ह्याण्डबलको फाइनलमा नेपाल, स्वर्णको लागि भारतसंग भिड्ने

दीननाथ बराल, पोखरा न्यूज – २१, मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत  महिला ह्याण्डबल खेलमा नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

शनिबार पोखराको बहुउद्धेश्य कबर्ड हलमा भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई २१ का विरुद्द २२ गोलको झिनो अन्तरले पराजित गर्दै पहिलो पटक फाइनल पुगेको हो ।

नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । नेपालले स्वर्ण पदकका लागि सोमबार भारतसग फाइनल खेल्नेमा  प्रतिस्पर्धा गर्ने छ ।  पहिलो हापमा ८-११ ले पछि परेको नेपालले दोश्रो हापमा कम व्याक गर्दै एक गोल अन्तरले जित हासिल गरेको हो ।

यता, शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १३ का विरुद्द ४१ गोल गर्दै फाइनल पुगेको हो । भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल अर्थात डबल ह्याट्रिक गरेका हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button