पोखरा रंगशालामा दर्शकको अत्याधिक भिड, टिकट काउण्टर २० मिनेट बन्द

दीननाथ बराल, पोखरा न्यूज – २१, मंसिर । अत्याधिक दर्शकका कारण पोखरामा जारी १३ र्औ साग अन्तर्गत  महिला फुटबल हेर्न आएका केही दर्शकले सहज ढंगले टिकट पाएनन्।

अत्याधिक दर्शक आएसंगै पोखराको रंगशालामा क्षेत्रमा रहेका ५ वटा टिकट काउण्टर करिब २० मिनेट जसो बन्द हुँदा  केही दर्शकहरु निराश  भए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पोखरा रंगशालाको फुटबल स्टेडिएममा हालै निर्माण भएको प्यारापिटमा ६ हजार ५ सय मात्र सिट क्षमता भएकोले अग्रिम टिकट लिन आग्रह गर्दै आएका थिए । नेपाल र भारत बिचको औपचारिक खेल अवलोकन गर्नको लागि  रंगशालामा दर्शकको अत्याधिक भिड भएको हो ।

सुरक्षाको दृष्टिले आफुरुहरुले सिट क्षमता भन्दा बढी दर्शक नभित्राउन आव्हान गरेको राखेप सदस्य गुरुङले जनाए । सोमबार भारत नेपाल बिच स्वर्ण पदकको लागि फाइनल खेलमा खेल्नेछन्।

मंगलबारदेखि पोखरामा महिला फुटबल खेल शुरु भएसंगै दर्शकहरुको उल्लेखनिय रुपमा सहभागि हुन थालेको १३ औं साग पोखरा श्रोतसाधन परिचालन समितिका संयोजक संजिव बहादुर कोइरालाले बताए ।

पोखराको बाराही घाट फेवाताल किनारामा हुने बिच भलिबल प्रतियोगिताको अवलोकन गर्दा २ सय रुपैया र फाइनल खेलमा भने ३ सय रुपैया शुल्क निर्धारण गरिएको संयोजक कोइरालाले जनाए । केही खेल बाहेक एक सय रुपैयाको टिकट लिदा पोखरामा हुने सवै जसो खेल अवलोकन गर्न पाइने भएको उनले जनाए ।

महिला फुटबल खेलको सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय रुपैया शुल्क लाग्ने उनले जनाए । पोखरा रंगशाला परिसरमा ५ सहित पोखरामा २० वटा टिकट काउण्टरहरु राखेको संयोजक कोइरालाले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button