साग महिला फुटबलको उपाधिका लागि सोमबार नेपाल र भारत भिड्ने

पोखरा न्यूज – २१, मंसिर । १३ औं साग अन्तर्गत पोखरा रंगशालामा भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपाललाई भारतले पराजित गरेको छ

आज शनिबार भएको राउण्ड रोबिनको अन्तिम खेलमा नेपाललाइ भारतले एक- शुन्य गोल अन्तरले पराजित गरेको हो खेलको  १८ औं मिनेटमा भारतकी बाला देवीले गरेको गोल नै खेलको  निर्णायक  बन्न पुग्यो । 

नेपाल भारतसँग सधै दबाबमा खेल्ने गरेपनि घरेलु दर्शकको साथले नेपाली खेलाडीको मनोवल बढाएको  थियो उत्कृष्ट खेल खेलेको नेपालले निरन्तर आक्रमण बुने पनि फिनिसिङको अभावमा खेलमा फर्किन सकेन

यसअघि नै नेपाल र भारत दुवैले समूहको शिर्ष स्थानमा रहदै  फाइनलको यात्रा तय गरिसकेका हुन् ।  साग महिला फुटबलको उपाधिका लागि सोमबार नेपाल र भारत भिड्ने  छन् । फाइनल खेल  मंसिर २३ गते  (सोमबार) दिउँसो २ बजे  हुनेछ ।

 

 

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button