पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा २ जना घाइते

पोखरा न्यूज – २१ मंसिर । पोखरामा शनिवार प्याराग्लाइडिङ दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

पोखराको खपौदीमा शनिवार बिहान करिव ११:३० बजे भएको दुर्घटनामा प्याराग्लाइडिङ पाइलट पोखरा -२२ पुम्दि-भुम्दिका  २४ बर्षीय सुरज गुरुङ र प्याराग्लाइडिङमा सवार भारतीय पर्यटक  २९ बर्षीय  कुनाल राजेन्द्र साह घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुबैको मेट्रोसिटि अस्पताल पोखरामा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

पोखरा – १८ सराङकोटबाट उडान भरेको माउण्टेन ओभर भ्यू प्याराग्लाइडिङ कम्पनीको प्याराग्लाइडिङ टेक्निकल खराबीको कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरी उपरीक्षक  रेग्मीले जनाए ।

घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button