बिच भलिबलमा नेपालको मिश्रित परिणाम

पोखरा न्यूज – २१, मंसिर । १३ औं  दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबल प्रतियोगितामा शनिबार टिमले मिश्रित परिणाम ल्याएको छ । पोखराको लेकसाइडमा रहेको बाराही मैदानमा भएको खेलमा पुरुष टिमले एक जित र ३ हार ब्यहोरेको छ ।

नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ को जित निकाल्यो । मान र दिलको जोडीले अर्को खेलमा पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीस“ग २१–१९, १५–२१ र १०–१५ को सेटमा पराजय ब्यहोर्यो ।

माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीस“ग नेपालका राजु विक र सन्जु शाहको जोडी १९–२१, २१–१८ र १५–८ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुग्यो । श्रीलंकाको इन्डिका टिरोन र जयन सनुजाको जोडीले राजु र सन्जुको जोडीलाई २१–१५ र २१–१० को सेटमा पाखा लगायो ।

शनिबार नै भएका खेलमा पाकिस्तानका जस्नव खान र अफाख खानको जोडी श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडीस“ग १५–२१ र १४–२१ को सेटमा पराजित भयो । श्रीलंकाका प्रदीप असंका र असेन कुमाराको जोडीले पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीमाथि २१–१६, १६–२१ र २१–९ को रोचक सेटमा जित हात पा¥यो ।

पाकिस्तानका जस्नव खान र अफाख खानको जोडीले माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीलाई १५–२१, २१–१८ र १८–१६ को प्रतिस्पर्धात्मक सेटमा हरायो । माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडी श्रीलंकाका प्रदीप असंका र असेन कुमाराको जोडीस“ग १३–२१ र १६–२१ ले स्तब्ध भयो ।

लिग चरणको खेलमा हालसम्म पुरुषतर्फ समूह ‘ए’ मा श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडी ८ अंकसहित शीर्ष स्थानमा छ । पाकिस्तानको जस्नव खान र अफाख खानको जोडी ७ अंकसहित दोस्रो र मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी ६ अंकसहित तेस्रो स्थानमा छन् ।

समूह ‘बी’ तर्फ श्रीलंकाकै प्रदीप असंका र असेन कुमाराको जोडीले ८ अंकसहित शीर्ष स्थान ओगटेको छ । पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडी ६ अंकसहित दोस्रो स्थानमा छ । नेपालको राजु विक र सन्जु शाहको जोडी ५ अंकसहित चौंथो स्थानमा छ । माल्दिभ्स र बंगलादेशका टिम दुबै समूहको अंक तालिकामा क्रमशः चौंथो र पा“चौं स्थानमा छन् ।

महिलातर्फ शनिबार पनि दुई खेल मात्रै भए । पहिलो खेलमा श्रीलंकाका दीपिका जेडेरा र मधुशानी वीरासिंगेको जोडीले माल्दिभ्सका रसिदा अमिनाथ र साफ्ना इब्राहिमको जोडीलाई २१–८ र २१–१० को सहज जित निकाल्यो । दोस्रो खेलमा श्रीलंकाकै लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीले जेनिया मोसा फातिमाथ र रुदाइना अमिनाथको जोडीलाई २१–१२ र २१–५ को सेटमा पाखा लगायो ।

तीन देशमात्रै सहभागी महिलातर्फ समूह ‘ए’ र ‘बी’ दुबैमा श्रीलंकाका टिम शीर्ष स्थानमा छन् । नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडी समूह ‘ए’ र कोपिला उप्रेती र मनीषा चौधरीको जोडी समूह ‘बी’ मा दोस्रो स्थानमा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button