बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक शिशुसहित २ को मृत्यु, २ घाइते

पोखरा न्यूज – २१, मंसिर ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ ।

नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा१झ १६१ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना८ख ५४३२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा एक शिशु र चालक सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का २८ वर्षीय चित्रबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शिशुको घटनास्थलमै र एम्बुलेन्स चालकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले दुर्घटनामा दाङको दङ्गीशरण नगरपालिका–५ का ३६ वर्षीय तीलकराम खड्का र उनकी पत्नी २४ वर्षीया मालती खड्का घाइते र तिलकरामको अवस्था गम्भीर रहेको छ । घाइते दुवै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button