लमजुङमा बस दुर्घटना हुँदा १ को मृत्यु, ६ घाइते

पोखरा न्यूज – २२, मंसिर ।  लमजुङ सुन्दरबजार नगरपालिका-७ पाउदीको ओरालोमा बस दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

आइतबार बिहान ७:२० बजे भएको बेसिशहरबाट गोरखा तर्फ जाँदै गरेको ग १ ख ५६९९ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय  मिटर तल खसेको थियो । घटनामा नाम थर नखुलेको अन्दाजी ३०-३५ वर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा गोरखा धार्चे गाउँपालिका-२ का आइतराम गुरुङ, सोही ठाउँकी १३ वर्षिया सुस्मिता गुरुङ, गोरखा थुमी गाउँपालिका -३ का २८ वर्षीय राजन गुरुङ, लमजुङ बेसीशहर नगरपालिका १ -की ३५ वर्षीया जमुना परियार र लमजुङ मर्स्याङदी गाँउपालिका-९ कि पुनम भुजेल रहेका छन् ।घाइतेहरुलाई उपचारका लागि लमजुङ लगिएको प्रहरीले बताएको छ । त्यस्तै अर्की घाइते गोरखा नगरपालिका -७ की २० वर्षीया कृति लामिछानेलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button