बाग्लुङमा जीप दुर्घटना हुँदा ८ घाइते

पोखरा न्यूज – २२, मंसिर ।  बाग्लुङको बरेङ गाँउपालिका-२ पोखराचौरमा पिकअप जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् ।

आइतबार बिहान ९:२० बजे बाग्लुङको बाराकोटबाट बरेङ बजार तर्फ जाँदै गरेको ध १ ज १८३ नम्बर को जिप दुर्घटनाग्रस्त भएको थियो । उक्त जीप अनियन्त्रित भई सडक देखि १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनामा घाइते हुनेमा बाग्लुङ जिल्लाको बरेङ गाँउपालिका-२ बाराकोटका श्याम बहादुर पुन, सोही ठाउँका २७ वर्षीया बिष्णु श्रीष, २८ वर्षीया तिल कुमारी छन्त्याल, ४० वर्षीया कुमारी पुन, ३५ वर्षीया दिलकुमारी पुन र २५ वर्षीया सुस्मा काला रहेका छन् । घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरेङ लगिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button