बङ्गलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा, उपाधि भिडन्त भुटानसँग

सुब्रत ढकाल, पोखरा न्यूज – २२, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । अब नेपालले फाइनल खेलमा भुटानको सामना गर्नेछ ।

दशरथ रंगशालामा आइतबार  भएको खेलमा नेपालले बङ्गलादेशलाई १-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलमा नेपालका लागि सुनिल बलले खेलको १० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

मैदानको सेन्टर भन्दा अगाडिदेखि एक उत्कृष्ट मुभमा सुजल श्रेष्ठको पासमा शानदार गोल गर्दै बलले नेपाललाई खेलमा छिटै अग्रता दिलाएका थिए ।

निकै ‘हाइ टेम्पो’ मा खेलिएको खेलमा दुवै टोलीले राम्रा अवसर बनाए पनि गोल गर्न भने सकेनन् र अनन्त: नेपाल खेलमा १-० ले विजयी भयो ।

खेलको अन्त्यतिर बङ्गलादेशका क्याप्टेनले रातो कार्ड पाए पछि बङ्गलादेश १० खेलाडीमा सीमित भएको थियो । जीतका लागि खेल जित्नै पर्ने चुनौती पाएको बङ्गलादेश भने हारसँगै काँस्यमा सीमित भएको छ ।

अब नेपालले मङ्गलबार फाइनलमा अनेपेक्षित प्रतिद्वन्द्वी भुटानसँग खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button