पाँचौ संस्करणको मिस तामाङ पोखरा हुँदै

आर.आर. पौडेल, पोखरा न्यूज – २२, मंसिर ।  सोनाम ल्होसारको अवसरमा आयोजना गर्ने ल्होसार म्युजिकल फेस्टिभल तथा पाँचौ संस्करणको मिस तामाङ पोखरा माघ ४ गते हुने भएको छ ।

बैदाम तामाङ सेवा समाजले हरेक वर्ष आयोजना गर्ने यो कार्यक्रमको तयारी शुरु भएको छ । यसपालीको मिस तामाङ पोखरामा १७ जना प्रतियोगीहरुले सहभागिता जनाउने कार्यक्रम संयोजक तथा मिस तामाङ पोखरा २०१८ का विजेता कविता योञ्जनले जनाइन् ।

सहभागीता जनाउनेमा अनिशा तामाङ, सरस्वती तामाङ, सृजना तामाङ, सुजाता तामाङ, कोमल तामाङ, आकृति भोलान, स्वस्तिका तामाङ, बिन्दु तामाङ, मनिषा गोम्जा तामाङ, रहेका छन् ।

यसैगरि शशीकला तामाङ, प्रिती तामाङ, रेनु तामाङ, सृजना तामाङ, अनु बल, भुमिका तामाङ, सुमिक्षा तामाङ, सलिना तामाङ र किस्मत तामाङ रहेका छन् । सहभागीहरुलाई ४५ दिन लामो व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइने समाजका उपाध्यक्ष जयन्ती मोक्तानको भनाइ छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाल तामाङ घेदुङ्ग गण्डकीका अध्यक्ष दीपक वाइवा तामाङले बढ्दो साँस्कृतिक अतिक्रमणको चपेटामा परेको मौलिक भाषा र संस्कृतिको जगेर्नाका लागि यस्ता कार्यक्रमले योगदान दिने बताए । उनले युवा पुस्तामाझ संस्कृति हस्तान्तरण र जानकारी आजको अपरिहार्य आवश्यकता रहेको उनले जोड दिए ।

नेपाल तामाङ घेदुङ्ग पोखरा महानगर अध्यक्ष टेकबहादुर तामाङले मौलिक भेषभुषा, भाषा र संस्कार नै नरहे जाती नै नरहने भन्दै यसको संरक्षणका लागि युवा पुस्तालाई प्रेरित गर्नुपर्ने बताए । समाजका अध्यक्ष ज्याक तामाङले कैयौं व्यवधानका वावजुद पनि आफ्नो जातीको भाषा, धर्म तथा संस्कृति नयाँ पुस्ता माझ चिनाउन र अनन्त सम्म जिवित बनाइराख्न कार्यक्रम गर्नुपरेको सुनाए ।

उनले यो विशुद्ध साँस्कृतिक सौन्दर्य प्रतियोगिता भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष सन्जय मल्ल, समाजका उपाध्यक्ष जयन्ती मोक्तान, कार्यक्रम संयोजक कविता योञ्जन लगायतले बोलेका थिए ।  पहिलो मिस तामाङ पोखरा निमा तामाङले केक काटेर यस वर्षको मिस तामाङ पोखरा २०२० को शुरुवात भएको जनाएका थिए ।

पहिलो दिनको तालिममा प्रशिक्षक उपेन्द्र पौडेलले सफलताका सुत्रका विषयमा तालिम प्रदान गरेका थिए । मिस तामाङ पोखराका प्रतियोगिहरुलाई यहि मंसिर २१ गते देखि तामाङ धर्म, संस्कृति, भाषा तथा परम्परा लगायत व्यक्तित्व र नेतृत्व विकासको तालिम दिइने कार्यक्रम संयोजक कविता योञ्जनले जनाइन् । ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button