‘बोलाउ तिमी’को भिडियो सार्वजनिक (भिडियो सहित)

आर.आर. पौडेल, पोखरा न्यूज – २२, मंसिर । गायक बादल लिम्बुको नयाँ गीत ‘बोलाउ तिमी’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र बादल लिम्बुको युगल आवाज सुन्न सकिन्छ । गीतमा बादल लिम्बुलेनै संगीत भरका छन् । गीतको रचना भद्रकला आङबुहाङ राईले गरेकी हुन् ।

पाश्र्व गायन बाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक लिम्बुको चलचित्र होमवर्कमा समावेश ‘हराए म तिम्रो’ बोलको गीत चर्चित छ । यसघि एक सय भन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन् ।

गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भैसकेका छन । बोलाउ तिमी रोमान्टिक गीत हो । रमाइलो तरिकाले निर्माण गरिएको भिडियोमा ककक्षु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्यामपियन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय भिडियोमा छ ।

बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन । भिडियोमा बिकाश मगरको छायांकन तथा सम्पादन रहेको छ । भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button