साग महिला फुटबलको स्वर्ण भारतलाई, नेपाल रजतमा सीमित

पोखरा न्यूज – २३, मंसिर। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालामा भएको फाइनलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएको हो । लगातार फाइनलमा २ पटक भारतसँग हार बेहोरेको नेपालले तेस्रोपटक घरेलु मैदानमा भारतलाई हराउदै विगतको हारको बदला लिने चाहना अधुरै रह्यो ।

खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी बालादेवीले ५५ औं मिनेटमा पुनः अर्को गोल थप्दै टिमको अग्रता दोब्बर बनाइन् ।

खेलको शुरुवातमै गोल खाएर दबाबमा परेको नेपाल खेलमा फर्कन सकेन । सन् २०१० बाट सागमा समावेश भएको महिला फुटबलका ५ वटा संस्करण मा नेपालले  भारतसँग ३ खेलमा हार बेहोरेको छ भने १ खेलमा ड्र र १ खेलमा मात्र  जित हात पारेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button