हार लगत्तै महिला फुटबल टिमका प्रमुख प्रशिक्षक हरि खड्काको राजीनामा

दीननाथ बराल, पोखरा न्यूज – २३, मंसिर।  नेपाली महिला फुटबलका प्रमुख प्रशिक्षक हरि खड्काले राजीनामाको घोषणा गरेकाछन्।

१३ औं साग अन्तर्गत  सोमबार पोखरा रंगशालामा महिला फुटबल खेलमा भारतसंग नेपाल २-० ले पराजित भएसंगै नेपाली महिला फुटवलको प्रमुख प्रशिक्षकबाट नैतिकताका आधारमा आफ्नो राजीनामा दिने घोषणा गरेका हुन्।

फाइनल खेलको बारेमा पत्रकारसंग कुराकानी गर्दै प्रमुख प्रशिक्षक खड्काले १३ औं सागमा महिला फुटबलमा स्वर्ण पदकको आशा गरे पनि आफ्नो कमजोरीका कारण हार भएको स्विकार्दै नैतिकताका आधारमा राजिनामा दिने घोषणा गरेका हुन् ।

आफुले नेपाली महिला टिम सम्हालेको करिब डेढ बर्ष भएसंगै सागमा स्वर्णको लक्ष्य राखे पनि रजत पदक हात परेको उनले जनाए । नेपालले पछिल्लो ५ पटक भारतसंगको प्रतिस्पर्धामा ३ मा हार एकमा बराबरी र एक खेलमा मात्र जितेको छ ।

शनिबार दुई दिन अघि पोखरा रंगशालाको खेल मैदानमै भएको लिगको अन्तिम खेलमा नेपाल भारतसंग १-० ले पराजित भएको थियो । फिनिसिङमा कमजोर हुँदा भारतसंग पराजित हुनु परेको उनले बताए । नेपाली फुटबलले फिनिसिङ भागमा धेरै सुधार गर्नुपर्ने उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button