फेरी घट्यो सुनको मूल्य

पोखरा न्यूज – २३, मंसिर।  साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५ सय  ले घटेको सुनको मूल्य आज पनि प्रतितोला रु २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २ सयमा खरिदबिक्री भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ७० हजार ७ सय  कायम गरिएको छ । आइतबार तेजाबी सुनको प्रतितोला रु ७० हजार ९ सय  मा कारोवार भएको थियो । स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ ।

महाससङ्घले चाँदीको मूल्य प्रतितोला रु ८ सय ३५ निर्धारण गरेको छ । आइतबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेको हो ।

 यो पनि पढ्नुहोस् :-

 सुनको मूल्यमा लगातार गिरावट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button