मनाङमा छायाकंन भइरहेको ‘प्रेम गीत ३’ को पोस्टर सार्वजनिक

आर.आर.पौडेल,पोखरा न्यूज – २४, मंसिर । मनाङमा छायाकंन भइरहेको चलचित्र ‘प्रेम गीत ३’ को पोष्टर सार्वजनिक भएको छ । अभिनेता प्रदिप खड्काको बाल्यकालको भुमिका निवार्ह गरेका अनुभव रेग्मीको क्यारेक्टर पोस्टर सार्वजनिक भएको हो ।

पोस्टरमा उनलाई योद्धा अवतारमा प्रस्तुत गरिएको छ । अनुभवको साथै नव–अभिनेत्री किस्ट्रिना गुरुङको बाल्यकालको भुमिका निभाएकी योगीशा खत्रीलाई पनि पोस्टरमा देखिएकी छन् ।

चलचित्रमा प्रदीप खड्का, नव–अभिनेता मनिष राउत, नव–अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी आदी कलाकारको अभिनय रहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन र हिमाल केसीको एक्सन रहेको छ । चलचित्र चैत २८ गतेबाट प्रदर्शन हुँदैछ । कीर्तिपुरमा निर्माण गरिएको सेटमा छायाकंन सम्पन्न भएपछि निर्माण युनिट मनाङमा पुगेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button