शिरसुबाको छायांकन सम्पन्न

आर.आर. पौडेल,पोखरा न्यूज – २४, मंसिर । ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्दु्रकको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र ‘शिरसुबा’ को छायांकन सकिएको छ । यो चलचित्रको सम्पुर्ण छायाकंन कास्कीको पर्यटकिय गाउँ घान्द्रुकमा भएको हो । ब्रेज मेश्रो फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको दोस्रो चलचित्र शिरसुबाको यतिबेला पोखरा चिसापानी स्थित मुनाल फिल्म प्रालिमा सम्पादन भइरहेको निर्माण नियन्त्रक धनबहादुर गुरुङले बताए । यस चलचित्रमा विश्वास गुरुङ, सुमन गुरुङ, सुमित गुरुङ, प्रिती गुरुङ, टिकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, पुन बहादुर गुरुङ, राजेन्द्र बहादुर थापा, बालकलाकार अतीत गुरुङ आदी कलाकारको अभिनय रहनेछ ।

 

यसैगरी चलचित्रको प्राविधिक टोलीमा चर्चित सिनेमेटोग्राफर सुशान्त प्रजापती, नवीन निरौला, पुरुषोत्तम पराजुली लगायतका रहेका छन । चलचित्रको निर्माता बिमल गुरुङ हुन् । कथा पनि उनकै हो । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रका गीतमा संगीत धन बहादुर गुरुङ र मनोज गुरुङले दिएका छन् । गोरे गुरुङ र लप्सन गुरुङ गीतका कोरियोग्राफर हुन । सरुन गुरुङ र निशा गुरुङ चलचित्रका पाश्र्व गायक गायिका हुन । अभिभावकको चाहना नमिल्दा छोराछोरी र अभिभावक बिच आइपर्ने समस्यालाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको निर्देशक माओत्से गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button