३८ यात्रु बोकेको चिलियन एअर फोर्सको विमान सम्पर्कविहीन

पोखरा न्यूज – २४, मंसिर ।अन्टार्कटिका जाँदै गरेको चिलियन एअर फोर्सको विमान ३८ यात्रुसहित सम्पर्कविहीन भएको छ । सोमबार बेलुका विमान सम्पर्कविहीन भएसँगै खोज र उद्धार कार्यमा चिलीका अधिकारीहरु लागेको जनाइएको छ ।

चिलीको राजधानी सान्टिएगोबाट उडेको सि-१३० हर्क्युलस विमान दक्षिण अमेरिका र अन्टार्कटिकाबीचको समुद्री क्षेत्रमा सम्पर्कविहीन भएको थियो । विमानमा १७ क्रु सदस्यका साथै अन्य २१ यात्रु रहेको जनाइएका छन् । उक्त विमान तेलको पाइपलाइनको मर्मत लगायतका अन्य लोजिस्टिक सहायता दिनका लागि त्यस तर्फ उडेको थियो ।

उड्डयन र समुद्री अधिकारीहरु अझै पनि विमानको अन्तिम अवस्थिति पत्ता लगाउन लागि परेको एअर फोर्सले बताएको छ । घटनापछि आपतकालीन अवस्थाको सुचना जारी गरेर सर्च एन्ड रेस्क्यु टोली खटाइएको पनि एअर फोर्सले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button