कोरियामा एक नेपालीद्वारा घाँटी रेटेर आत्महत्या !

पोखरा न्यूज – २४, मंसिर । दक्षिण कोरियामा रोजगारीका लागि गएका एक नेपालीले आत्महत्या गरेका छन् । पाल्पा स्थायी घर भएका कुशबहादुर थापाले चक्कुले घाँटी रेटेर आत्महत्या गरेका हुन् ।

थापाले सुसाइड नोट लेखेर स्थानीय समय अनुसार राती ९ बजेतिर आत्महत्या गरेको बताइएको छ । थापाले ५ वर्ष कोरियामा काम गरिसकेको उनीसँगै काम गर्ने साथीहरुले बताएका छन् ।

मृतक थापाले कुलतको ओभरडोजले होश गुमाउँदै गएको र ईश्वरलाई धन्यवाद दिने आशयको सुसाइड नोट छोडेको बताइएको छ  ।

आत्महत्याको कारण भने खुलिसकेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button