चेक गणतन्त्रको अस्पतालमा अन्धाधुन्ध गोली प्रहार, ६ को मृत्यु

पोखरा न्यूज – २४, मंसिर । युरोपेली मुलुक चेक गणतन्त्रको अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । घटना पछि गोली प्रहारकर्ता फरार रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

चेक रिपब्लिकको राजधानी प्रागबाट ३ सय किलोमिटर दुरीमा रहेको ओस्ट्राभा अस्पतालको प्रतीक्षालयमा हतियारधारी व्यक्तिले गोली चलाएको त्यहाँका प्रधानमन्त्री आन्द्रेज बाबिसले बताएका छन् । बाबिसले घटनामा ४ को मृत्यु र २ घाइते भएकोमा पछि घाइते २ को पनि मृत्यु भएको त्यहाँका सञ्चार माध्यमलाई जानकारी दिएका थिए । घटना पछि पूरा अस्पताललाई बन्द गरिएको जनाइएको छ ।

घटनामा बन्दुकधारीले ह्यान्डगनको प्रयोग गरेको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ । गोली प्रहार पछि फरार रहेको हत्याराको खोजी कार्य तीव्र पारिएको पनि प्रहरी बताएको छ । आरोपीको नाम, तस्वीर, गाडीको लाइसेन्स प्लेट पत्ता लागिसकेको र उनको खोजीमा दुई हेलिकप्टर पनि प्रयोग गरिएको प्रहरीले उल्लेख गरेको छ ।

आरोपीले अन्य स्थानमा पनि हमला गर्न सक्ने भन्दै प्रहरीले सार्वजनिक र संवेदनशील स्थानको सुरक्षा अवस्था कडा गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button