पुष ३ गतेबाट नेपाल आईडलको तेस्रो सिजनको प्रसारण शुरु हुने

आर.आर. पौडेल,पोखरा न्यूज – २५, मंसिर ।  ‘नेपाल आइडल’को तेस्रो सिजनको मिति सार्वजनिक भएको छ ।

आगामी पुष ३ गतेबाट नेपाल आईडलको तेस्रो सिजनको एपि वान टेलिभिजनबाट प्रसारण सुरु हुने आयोजकको भनाई छ । तेस्रो सिजनको अडिसन राउन्डका सबै श्रृंखला छायांकन भइसकेको आयोजकले जनाएको छ ।

सिङ्गिङ रियालिटी सो नेपाल आईडलको तेस्रो सिजनका लागि पनि निर्णायकका रुपमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी नै रहने छन् ।

‘नेपाल आइडल’ पहिलो सिजनको उपाधि बुद्ध लामा र दोस्रो सिजनको उपाधि रवी ओडले जितेका थिए । कार्यक्रम हरेक बिहिबार र शुक्रबार बेलुका साढे ८ बजेबाट प्रसारण हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button