फर्निचर उद्योगमा आगलागी हुँदा २५ लाखको क्षति

पोखरा न्यूज – २५, मंसिर । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर उद्योगमा आगलागी भएको छ ।

गएराति १ः५० बजेको समयमा भएको आगलागीबाट जोशी फर्निचर उद्योगमा रहेको मेसिन र काठ पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए  । विद्युत् सर्ट भएर भएको आगलागीबाट झण्डै रु २५ लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा ३ः३० बजे आगो नियन्त्रणमा लिएको बताइएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button