यस वर्ष गुगलमा सर्वाधिक के खोजियो त ?

पोखरा न्यूज – २५, मंसिर ।  यो वर्ष गुगलमा तपाईंले के के खोजी गर्नु भयो त ? गुगलले सन् २०१९ मा सर्वाधिक खोजिएका पाँच ट्रेन्डिङ शीर्षकहरु सार्वजनिक गरेको छ ।

गुगलमा यस वर्ष सञ्चालन गरिएका पाँच शीर्षकहरु निम्नानुसार छन्

१. डिज्ने प्लस – यस भिडियो स्ट्रीमिङ सेवाले यस वर्ष गुगलको सर्वाधिक खोजीको शीर्ष स्थान ओगट्न सफल भयो । नेटफ्लिक्स, अमेजन, हुलुजस्ता स्ट्रीमिङ सेवाको भीडमा प्रतिस्पर्धा गर्न आए पनि डिज्ने प्लसलाई गुगलमा सन् २०१९ मा सर्वाधिक खोजी गरियो ।

२. क्यामरोन बोएस – डिज्ने च्यानलकै एक कार्यक्रम जेस्सीका अभिनेता क्यामरोन बोएसको अचानक भएको मृत्युले उनलाई गुगलको खोजीको दोस्रो स्थानमा पुर्यायो । उनलाई क्यालिफोर्नियाको आफ्नै घरमा सन् २०१९ को जुलाई ६ तारिखमा मृत फेला पारिएको थियो ।

३. निप्से हसल – प्रभावकारी र्यापर निप्से हसललाई गुगलमा यस वर्ष तेस्रो सर्वाधिक खोजी गरियो । उनी खोजी हुनुको कारण भने दोस्रो स्थानका क्यामरोन बोएसको झै दुखद नै रह्यो । उनको मे ३१ तारिखका दिन आफ्नै कपडा स्टोर अगाडि गोली हानी हत्या गरिएको थियो ।

४. डोरियन आँधी – बहमास, अमेरिका र क्यानडामा ३० जनाको मृत्यु हुने गरि आएको डोरियन आँधी यस वर्ष गुगलमा चौथो सर्वाधिक खोजीको विषय रह्यो । आँधीले कैयौं तटीय सहरमा आपतकालीन अवस्था घोषणा गरिएको थियो भने विशेष गरि बहमासमा आँधीले ठूलो क्षति पुर्याएको थियो ।

५. एन्टोनियो ब्राउन – अमेरिकाको रग्बी फुटबल प्रतियोगिता एनएफएलका खेलाडी एन्टोनियो ब्राउनलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाए पछि उनलाई उनको टोली न्यु इङ्गल्यान्ड प्याट्रीयोट्सले बर्खास्त गर्यो । उनले उक्त आरोपलाई अस्वीकार गरेका थिए । टोलीबाट बर्खास्त भए पनि उनी गुगल खोजीको टप पाँचमा अटाउन भने सफल रहे ।

यी पाँचका अलावा मार्भल्सको एभेञ्जर इन्डगेम्स, गेम अफ थ्रोन्स र आइफोन ११ पनि गुगल खोजीको ट्रेन्डिङको टप १०मा रहन सफल रहे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button