गायक न्यौपाने साँगीतिक प्रस्तुतीको लागि अष्ट्रेलिया जाँदै

आर.आर. पौडेल, पोखरा न्यूज – २६, मंसिर । चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने साँगीतिक कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया जाँदैछन् ।

मंसिर २६ गते बिहिबार साँझ अष्ट्रेलिया प्रस्थान गर्ने गायक न्यौपानेले जनवरी १ तारेखका दिनमा सालिग्राम इन्टरटेन्मेन्ट प्रालिले अष्ट्रेलियाको सिड्नीमा आयोजना गर्ने कार्यक्रममा प्रस्तुती राख्नेछन् । आफ्ना चर्चित गीत सुनाउदै त्याहाँ रहेका नेपालीहरुको साँगीतिक तृष्णा उनले मेटाउनेछन् ।

अष्ट्रेलिया यात्राकै क्रममा मेलबर्नमा आयोजना हुने साँगीतिक कार्यक्रममा पनि उनी सहभागी बन्दै प्रस्तुती राख्नेछन् । गीतकार समेत रहेकी जीवनसंगीनी भगवति न्यौपानेलाई साथमा लिएर अष्ट्रेलिया यात्रामा निस्केका उनीहरुलाई पोखराबाट बुधबार विदाई गरियो । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष न्यौपानेलाई पोखरा विमानस्थलमा पुगेर लोक दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कमिटिका अध्यक्ष सुरेन्द्र गुरुङले सुखदयात्राको कामना गर्दै विदाई गरे ।

उनीहरुका छोरा रविन न्यौपाने पनि उच्च शिक्षा अध्ययनका क्रममा अष्ट्रेलियामा छन् । यात्राको क्रममा छोरा रविन न्यौपानेको मंसिर ३० गते हुने ग्रेजुएशन सेरेमनीमा समेत सहभागी हुने उनीहरुको योजना छ । एक महिने अष्ट्रेलिया यात्रा सकायर न्यौपाने पौष २५ गते स्वदेश फर्कनेछन् ।

वलाम वेलटारी स्याङ्गजामा जन्मिएका न्यौपानेले ओजदार गीत मार्फत नेपाली साँगीतिक फाँटमा बेग्लै पहिचान बनाएका छन् । वि.स. २०४६ सालमा रेडियो नेपालमा स्वर परिक्षा दिई उत्रिर्ण भए पश्चात ‘वलाम देवि थान’ बोलको गीत रेकर्ड गरी नेपाली

साँगीतिक फाँटमा डेब्यु गरेका न्यौपानेले एक हजार भन्दा बढी गीतमा आफ्नो सुमुधुर आवाज भरीसकेका छन् । न्यौपाने रेडियो नेपालका कार्यक्रम अधिकृत हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button