सुन प्रतितोला ४ सयले बढ्यो

पोखरा न्यूज – २६, मंसिर । एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला रु ४ सय र चाँदीमा प्रतितोला रु १० वृद्धि भएको छ ।

महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९ सय तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ८ सय ४० निर्धारण गरिएको छ ।

अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो । बुधबार छापावाला सुन प्रतितोला रु ७० हजार ८ सय तेजाबी सुन प्रतितोला रु ७० हजार ५ सय र चाँदी प्रतितोला रु ८ सय ३० मा खरीद बिक्री भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button