पोखरामा पहिलोपटक गायक जोभन भुजुले प्रस्तुती दिने

आर.आर. पौडेल, पोखरा न्यूज – २६, मंसिर । मंसिर २७ गते शुक्रबार पोखारमा द भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक जोभन भुजुको प्रस्तुती सुन्न पाइने भएको छ ।

पोखरा खपौदीमा रहेको द टुरिस्ट रोड रेस्टुरेण्ट एण्ड बिस्ट्रोमा उनले विषेश सांगितिक प्रस्तुती राख्दै संगीतपारखीलाई झुमाउने भएका हुन् ।

हल्लनचोकबाट करिब ३ किलोमिटरको दुरीमा रहेको रेष्टुरेण्टमा भुजुले साँझ ६ बजेदेखी १० बजे सम्म नेपाली पुराना तथा नयाँ क्लासिक गितहरु गाउने तय भएको छ । युट्युबमा चर्चित रहेका गायक भुजुले पहिलोपटक पोखरामा प्रस्तुती दिन लागेका कारण उनी पनि उत्साहित छन् ।

गाह्रकहरुलाई लक्षित गर्दै प्रत्येक महिना विषेश सांगीतिक कार्यक्रम राख्ने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको द टुरिष्ट रोडका संचालक अर्जुन सुवेदीले जनाए ।

रेस्टुरेन्टमा पाइने परिकारको स्वाद चाख्दै संगीतको तालमा रमाउने अवसर तहाँ मिल्नेछ । मेनुमा रहेका परिकार तथा पदार्थहरुमा कुनैपनि अन्य शुल्क नजोडि ग्राहकलाई उपलब्ध गराइने रेष्टुरेन्ट सञ्चालक सुवेदीले बताए । शुक्रबारको तहाँ बार्बे क्यु सहीतको क्याम्प फायरको समेत व्यबस्थापन गरिएको सुवेदीले बताए ।

‘जाडोको समय पनि छ ग्राहक तथा दर्शकहरुलाई थप रमाइलो बनाउने उद्धेश्यले लाइभ बार्बे क्यु सहीतको क्याम्प फायर गर्नेछौं’,उनले भने । २ सय जना अट्ने क्षमता रहेको टुरिष्ट रोडमा दर्शकहरुलाई निःशुल्क प्रवेश गर्न पाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button