पोखरामा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुरु

पोखरा न्यूज – २६, मंसिर । पोखरामा  बिहीबारदेखि शुरु भएको १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र–छात्रा बास्केटबल प्रतियोगिता अन्तर्गत  छात्रतर्फको खेलमा माउन्ट अन्नपूर्ण विजयी शुरुवात गरेको हो ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा बिहीबार भएको उद्घाटन खेलमा अन्नपूर्णले सरस्वती आदर्श विद्याश्रमलाई ४१-२५ को अंकले पराजित गरेको हो । बिहीबार नै छात्रतर्फ ६ खेलहरु भएका छन् ।

छात्रतर्फकै अन्य खेलहरुमा भद्रकालीले नेपाल आदर्श माथि ४३–८ को फराकिलो स्कोरमा जित निकाल्यो । त्यस्तै, टप्सले पनि हिल पोइन्ट माविलाई ४७–२३ को बिशाल स्कोरले पाखा लगायो ।

प्रतियोगिता अन्तर्गत छात्रातर्फको खेलमा बालकल्याणले प्यारामाउन्टमाथि ४२–३३ अंकको जित निकाल्यो । सरस्वती आदर्श विद्याश्रमले प्यारामाउन्टमाथि नै १६–४ को फरक अंकले हरायो । त्यस्तै, लिटिल स्टेपले १२–९ पराजित ग¥यो ।

प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १२ विद्यालयको सहभागिता रहेको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष धोजकुमार गुरुङले बताए । उनका अनुसार प्रतियोगिताको छात्रछात्रा दुबैतर्फको विजेताले १२ हजार, उपविजेताले ८ हजार र तृतीय हुने टिमले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितालको बेस्ट प्लेयर र हाइस्कोररलाई विशेष पुरस्कार रहेको गुरुङले बताए ।  प्रतियोगितामा खेलाडीको तर्फबाट बालोदयका छात्र सुमित गुरुङ र टप्सकी मनमाया डगौराले खेलाडीका तर्फबाट सपथ लिएका थिए ।

त्यस्तै बास्केटबलका राष्ट्रिय रेफ्री रामबहादुर क्षत्रीले अफिसियलका तर्फबाट सपथ लिएका थिए ।  यसअघि समाजसेवी कर्णेल जेपी क्रसले मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे । कर्णेल जेपी क्रस प्रतियोगिताका संरक्षक तथा मुख्य प्रायोजक समेत हुन् ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका बरिष्ठ उपाध्यक्ष तेजबहादुर गुरुङले बोल्दै उपाधिसँगै खेलप्रेमीहरुको मन जित्न खेलाडीसमक्ष आग्रह गरे । विद्यार्थीहरुले खेलसँगै विद्यालयमा उत्कृष्ठ अंक हासिनल गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button