जनकपुर वासीलाई पोखरा सडक महोत्सवमा निम्तो

पोखरा न्यूज – २७, मंसिर ।  रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको निम्तो बाढ्दै पोखराका व्यवसायी देश दैडाहामा निस्केका छन् ।

बिहीबार पोखराबाट निस्केको टोली शुक्रबार जनकपुर पुगेर पत्रकार सम्मेलन गरेको छ । पोखरामा पर्यटन प्रबर्द्धन गर्न आयोजना गर्दै आएको सडक महोत्सव पुस १२ गते देखी १६ गते (डिसेम्बर २८ देखि जनवरी १ सम्म) सम्म सञ्चाल हुनेछ ।

सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्गेजी नयाँ वर्षका अवसरमा महोत्सव गर्दै आएको छ । जनकपुरमा आयोजीत पत्रकार सम्मेलनमा रेवान पोखराका पुर्व अध्यक्ष गोपी बहादुर भट्टराईले प्रदेश-२ र जनकपुरवासीलाई महोत्सव आउन निम्तो दिए । उनले पोखरामा यतिबेला अफसिजन चलिरहेको उल्लेख गर्दै अग्रेजी नयाँ वर्षमा पोखरा जाँउ भन्ने अभिप्रायले पोखरामा वर्षेनी तोकिएको समयमा सडक महोत्सव गरिएको बताए ।

पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button