पोखराबाट दमौली तर्फ जाँदै गरेको कार दुर्घटना हुँदा ५ घाइते

पोखरा न्यूज – २७, मंसिर । पोखराबाट दमौली तर्फ जाँदै गरेको कार दुर्घटना हुँदा ५ जना  घाइते भएका छन् ।

पोखराबाट दमौली तर्फ जाँदै गरेको बा२च २८४७ नम्बरको कार शुक्रवार मध्यान्ह करिव १२ बजे तनहुँको म्याग्दे -२ जामुनेमा दुर्घटना हुँदा कारमा सवार ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

कार दुर्घटनामा सिन्धुपाल्चोक चौतारा -९ चिसापानीका  २३ बर्षीय रोशन खड्का, भारत कानपुरका ३० बर्षीया नेहा जोशी,  ६९ बर्षीया  रेखा निरुला, ७० बर्षीया बिन्दा र  ३१ बर्षीय बिना स्वर्णकार घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। प्रहरीका अनुसार  घाइतेहरुको रत्नहरि अस्पताल दमौलीमा उपचार भैरहेको छ ।

घाइतेहरु मध्ये खड्का, जोशी र निरुलाको अवस्था मध्यम रहेको र बाँकी २ जनाको अवस्था सामान्य रहेको  प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

कार आफै अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोकिन पुगेको प्रहरीले जनाएको छ । अनियन्त्रित कारलाई जोगाउन खोज्दा एक ट्रक समेत सडकमा पल्टिदा  क्षती पुगेको प्रहरीले उल्लेख गरेको  छ ।

घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button