तनहुँमा माइक्रो र बस एकापसमा ठक्कर खाँदा १४ घाइते

पोखरा न्यूज – २७, मंसिर । तनहुँमा शुक्रबार माइक्रो र बस एकापसमा ठक्कर खाँदा १४ जना घाइते भएका छन् ।

तनहुँ म्याग्दे गाउँपालिका-१ मा ग१ख २४७७ नम्बरको  हाइस माइक्रो र ना४ख ६७७० नम्बरको बस  एक आपसमा ठक्कर खाँदा १४ जना घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुलाई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ । दुर्घटनामा माइक्रो बसमा सवार १३ जना र बसमा सवार १ जना गरी  १४ जना सामान्य घाइते भएको प्रहरीले उल्लेख गरेको छ ।

बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button