इन्फरमेटिक्स कलेज पोखराका ८४ विद्यार्थी दिक्षित

दीननाथ बराल, पोखरा न्यूज – २७, मंसिर । बेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको पार्टनरशिपमा पोखरामा संचालनमा रहेको इन्फरमेटिक्स कलेजमा अध्ययनरत ८४ जना विद्यार्थीहरु दिक्षित भएका छन्।

पोखरा -१२ माटेपानीमा रहेको  कलेजले  शुक्रवार पोखरामा आयोजना गरेको दीक्षान्त समारोहमा ब्चयालर अफ साइन्स इन कम्पुटिङ (बिएससी) मा अध्ययनरत ८४ जना छात्र/छात्रा दिक्षित भएको कलेजले जनाएको छ ।

बेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटीका प्रमुख डा. ओयण्डी ब्लो एसीले बि.एस.सी. कोर्ष पुरा गरेका विद्यार्थीहरुलाई प्रमाण-पत्र वितरण गर्दै युनिभर्सिटीको साझेदारीमा संचालित कलेजबाट  सफलता हासिल गरि दिक्षित भएकोमा खुसी व्यक्त गर्दै  विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरे । कलेजले व्यवहारिक र प्राविधिक शिक्षा प्रदान गरेकाले  दिक्षित भएका व्यक्तिको भविष्य उज्ज्वल रहेको उनले उल्लेख गरे ।

कलेजका संचालक प्रधुम्न केसीले आफ्नो कलेजमा अन्तराष्ट्रिय स्तरको अध्यन हुने हुँदा अध्ययन गरे पश्चात अधिकांश विद्यार्थीहरु रोजगारीमा आबद्ध हुने गरेको दाबी गरे । कक्षा १२ सम्म कुनै पनि बिषयमा अध्ययन सकेका विद्यार्थीहरुको लागि आफ्नो कलेजमा बेलायतको बीआइटी, बीबीए, बिएससी लगायतका कोर्ष अध्यन गर्न सक्ने उनले जनाए ।

सन् २०१० मा स्थापना भएको यस कलेजबाट हाल सम्म करिब ४ सय जना भन्दा बढी विद्यार्थीले स्नातक तह पुरा गरेका छन् भने  हाल उतिकै सङख्यामा विद्यार्थीहरु अध्ययनरत छन्।  ।

इन्फरमेटिक्स कलेजका अध्यक्ष विनु गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button