शुक्रबार पोखराको हवाई उडान प्रभावित

दीननाथ बराल, पोखरा न्यूज – २७, मंसिर । आज (शुक्रबार) बिहानैदेखि पानी परेका कारण प्रतिकुल मौसम हुँदा पोखराको हवाई उडान प्रभावित भएको छ ।

बिहानदेखि पोखरामा पानी परेसंगै मौसम राम्रोसंग खुल्न नसक्दा शुक्रबारको केही हवाई उडान प्रभावित भएको नागरिक उडड्यन कार्यालय पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले बताए ।  उनका अनुसार पोखरा-काठमाण्डौं, पोखरा- जोमसोम, पोखरा -भैरहवा र पोखरा- भरतपुरका केही हवाई उडान रद्ध भएका हुन्।

बुद्ध र यति एयरलायन्सका करिब १० वटा हवाई उडान रद्ध भएको सूचना अधिकारी पौडेलले जनाए ।  बिहान करिब २ घण्टा करिब १० देखि १२ बजेसम्म हवाई उडान रद्ध भएको थियो भने बेलुका पनि केही उडान रद्ध भएको थियो । पोखरामा शुक्रबार साहसिक खेल प्याराग्लाइडिङ, अल्ट्रालाईट र हेलिकोप्टर उडान समेत प्रभावित भएको उनले बताए ।

प्रतिकुल  मौसमका कारण शुक्रबार पोखरा काठमाण्डौं दुई तर्फ गरी ४ र पोखरा भैरहवाको एउटा हवाई उडान रद्ध भएको बुद्ध एयरलायन्स पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए । त्यसैगरी यति एयरलायन्सको पनि पोखरा काठमाण्डौंको अन्तिम उडान रद्ध भएको छ ।

हिमाली क्षेत्रमा हिउ परेसंगै विगत तीन दिनदेखि पोखरा देखि मुस्ताङको हवाई उडान हुन नसकेको यति एयरलायन्सका अमृत सिंहले बताए । यसरी हवाई उडान रद्ध हुदा केही पर्यटक सडक मार्ग हुदै आफ्नो गन्तव्यमा लागे भने केहीले भोलि शनिबारको हवार्य उडानको लाई टिकट बुकिङ गरेकाछन् । पोखरामा शुक्रबार बिहानैदेखि दिनभरी पानी परेसंगै चिसो बढेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button