कावासोतीमा बस दुर्घटना हुँदा ३० घाइते

पोखरा न्यूज -२८ मंसिर। पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् ।

ना ६ ख ४०४ नंको बस आफै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । बसमा ४० नेपाली सेना थिए ।

१० जनालाई भने केही नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button