पिपिएल : उद्घाटन खेलमा पोखरा पल्टन बिरुद्ध काठमाण्डौं गोल्डेन्स

दीननाथ बराल, पोखरा न्यूज -२८ मंसिर।  पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन पोखरा पल्टन र  काठमाण्डौं गोल्डेन्सबीच प्रतिष्प्रर्धा हुने भएको छ ।

दुबै टिमले आइतबारको उद्घाटन खेलमा उत्कृष्ट प्रर्दशन गर्ने दाबी गरेकाछन्। शरद भेष्वाकरको कप्तानीमा मैदानमा उत्रिने  तयारी गरेको पोखरा पल्टनले राष्ट्रिय तथा यू—१९ का अनुभवी खेलाडीहरु मैदानमा उतार्ने तयारी गरेको छ । भारतका रविन्दर सिंह, प्रथमेस डाँके र सभुजी लड्डा पोखराको टिममा सहभागि भएको टिम व्यवस्थापक सुमनराज कार्कीले बताए । यस बर्ष पनि उपाधि जित्ने लक्ष्यका साथ आफुहरुले तयारी गरेको उनले जनाए ।

काठमाण्डौँ गोल्डेन्सको टिम कप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन्। आफ्नो यस बर्ष व्यालेन्स टिम भएको प्रशिक्षक राजु बस्नेतले बताए । आफुहरुसंग व्याटिङ र बलिङ उत्तिकै राम्रो भएको उनले जनाए । आफ्नो टिममा तीन जना भारतिय खेलाडी सहित नेपाली अनुभवी खेलाडीहरु समेटेको प्रशिक्षक बस्नेतले बताए ।

शनिबार देखि हुने भनिएको पिपिएल प्रतिकुल मौसम (पानी परेका) का कारण आइतबारदेखि संचालन हुने भएको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ । शनिबारको खेल आइतबार हुने त्यसै गरी खेल तालिका एक/ एक दिन सरेको प्रा.लि.का प्रवन्ध निर्देशक छुम्बी लामाले बताए । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्वी लामाले प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउँदै छवटै टोलीका खेलाडी पोखरा आइपुगेका बताए ।

प्रतियोगिताको विजेतालाई २७ लाख रुपैयाँ प्रदान गरिने भएको छ भने उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिने भएको छ । उक्त पुरस्कार राषि गत बर्षकै बराबरको हो । यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ भएको छ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिने भएको निर्देशक छुम्बीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button