आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

पोखरा न्यूज -२८ मंसिर। अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिए।

क्वाराबाघ जिल्लामा रहेको एउटा सुरक्षाचौकीमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाएपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

शनिबार विहानको समयमा घटना भएको अधिकारीले जानकारी दिएका छन् । घटनामा परी अरु दुई सुरक्षाकर्मी घाइते भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button