कलाकार क्षेत्रीको निधन

पोखरा न्यूज -२८ मंसिर। कलाकार दीपक क्षेत्रीको आज निधन भएको छ ।

काठमाडौँको कालिकास्थानस्थित घरमा सुतिरहेको अवस्थामा क्षेत्री मृत अवस्थामा फेला परेको चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

क्षेत्रीको शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । उनी नेपाली चलचित्रमा खलनायकका रुपमा अभिनय गर्थे । उनले दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् । क्षेत्रीकी पत्नी विपना बस्नेत विदेश रहेकाले उनी आएपछि मात्रै अन्त्येष्टि गरिने जनाइएको छ ।

श्वासप्रश्वासको समस्यामा रहेका क्षेत्रीको श्वरनलीमा मासु पलाएका कारण शल्यक्रियासमेत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button