बस दुर्घटना हुँदा १२ को मृत्यु, १८ घाइते

राम केसी-२९, मंसिर। सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको ४ किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो ।

दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएकोे र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button