पोखराको सहारा एकेडेमीलाई सहयोग

दीननाथ बराल, पोखरा न्यूज-२९, मंसिर।  पोखराका सन्तोक गुरुङको दोस्रो बार्षिकीको अवसरमा पोखराको सहारा एकेडेमीलाई सहयोग प्राप्त भएको छ ।

स्व.सन्तोकका बाबु बन्दसिंह गुरुङ, आमा दिल माया गुरुङले आफ्नो छोराको दोस्रो बार्षिकीको अवसरमा एकेडेमीमा पुगेर सहारा एकेडेमीको अक्षयकोषमा १ लाख १ हजार १ सय ११ रुपैया सहयोग हन्तान्तरण गरेका हुन्। क्लवका बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङलाई रकम हस्तान्तरण गरेका हुन्।

आफ्नो छोराको दोस्रो बार्षीकीको अवसरमा सहारा एकेडेमीका वालकहरुको भरणपोषमा थप टेवा पुग्ने उद्धेश्यले आफुहरुले सानो सहयोग गरेको सन्तोकका बाबु बन्द सिंहले बताए । साथै उनीहरुले एकेडेमीका बालहरुलाई एक छाक भोजन समेत गराएका थिए ।

सन्तोकका बाजे हस्तबिर गुरुङ, बज्यै नौनि माया गुरुङले १० हजार २५ रुपैया सहयोग प्रदान गरे भने सन्तोकका काका सुसिल गुरुङ र काकी लक्ष्मि गुरुङबाट सहारा एकेडेमीको अक्षयकोषको लागि १० हजार १ सय ५ रुपैया सहयोग गरेकाछन्। सहारा क्लवका बरिष्ठ उपाध्यक्ष गुरुङले धन्यवाद दिदै यस्तै सहयोगबाट सहारा एकेडेमी संचालन हुदै आएको बताए ।

सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु समेलित १३ जिल्लाका २५ जना सहारा फुटबल एकेडेमीमा आबद्ध भएको उपाध्यक्ष विश्वराज बरालले बताए । उक्त अक्षयकोषमा रकम जम्मा हुने क्रम जारी रहेको महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button