मुस्ताङको लोमन्थाङ चिनाउने गीत पोखरामा सार्वजनिक हुँदै

आर.आर. पौडेल, पोखरा न्यूज – ०३, पुष। हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा रहेको पर्यटकिय ठाउँ लोमन्थाङ (लो–सात) क्षेत्रका मनोरम दृश्य समावेश गरी दूई गीत तयार पारिएको छ ।

नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी उपल्लो मुस्ताङको पर्यटन प्रबर्द्धनमा सहयोग गर्नका लागि लेखिएका गीतको रचना रमेश विजीले गरेका छन् ।

एउटा लोक गीत हो भने अर्को आधुनिक । “छोडि नजाउ कतै हामी लोमन्थाङमै बसम” बोलको लोक गीतमा चर्चित लोकगायक रामजी खांड र गायिका संगीता थापा मगरको आवाज सुन्न सकिन्छ । “यो मुटुको टुक्रा मेरो लोमन्थाङ गाउ” आधुनिक गीतमा नीशा गुरुङले आवाज भरेकी छन् ।

दुई गीतको म्युजिक भिडियो गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको लगानीमा छायांकन गरिएको हो । सांस्कृतिक तथा प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश गरी निर्माण गरिएका यी दूई गीतको म्युजिक भिडियोको छायांकन हालै सम्पन्न भएको हो ।

दुवै गीतको छायांकन उपल्लो मुस्ताङको सांस्कृतीक महत्व बोकेको लोमान्थाङ दरवार परिसर र बजार, चराङ, मराङ, ढाक्मार, घ्याकर चैले र तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र निलगिरि बेसक्यापमा छायांकन गरिएको हो ।

लोक गीतमा मजी खांड र संगीता थापा मगर तथा को आधुनिक गीतमा नीशा गुरुङको अभिनय समेत हेर्न पाइनेछ । गीतको रेकर्डिङ प्रिजीमा रेकर्डिङ स्टुडियोमा गरिएको हो । गीतमा संगीत बिबी अनुरागी र सुरेश अधिकारीले भरेका हुन् ।

म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्ट र छायांकन राजेश घिमिरेले गरे । म्युजिक भिडियोलाई नयावर्ष २०२० जनवरी १ तारिखका दिन एक विशेष समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुबा गुरुङबाट सार्वजनिक गरिने भिडियो निर्माता गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले बताए ।

गीत मार्फत पर्यटकिय ठाउँ लोमन्थाङ (लो–सात) क्षेत्रका पर्यटकिय ठाउँलाई समावेश गर्ने प्रयास गरिएको विष्टले जनाए । गीतले त्यस ठाउँमा पर्यटकलाई जान उत्पेरित गर्ने उनको विश्वास छ । त्यसो त प्रदेश सासंद विष्टले गीत संगीत प्रति रुचि राख्छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button