सुर्य नेपाल गल्फ टुरको सिजन २०१९-२० शुरु हुँदै

पोखरा न्यूज – ०६, पुष । नेपाल कै प्रतिष्ठित गल्फ प्रतियोगिता सुर्य नेपाल गल्फ टुरको २०१९-२० सिजन सोमबार देखि गोकर्ण फरेस्ट गल्फ क्लबमा शुरु हुने भएको छ ।

टुरअन्तर्गतको पहिलो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन भोलि बिहान ११:२० बजेबाट गोकर्ण गल्फ क्लबको ग्लीनइगल्स डिजाइनमा शुरु हुने भएको हो । ७२ होलमा खेलिने उक्त इभेण्ट बिहीबार सम्पन्न हुने छ । प्रतियोगितामा ४३ व्यवसायिक गल्फर सहभागी हुने आयोजकले जनाएको छ ।

पहिलो राउण्डको खेल (३६ होल) पछि शीर्ष २१ खेलाडी मात्र दोस्रो राउण्डका लागि छनोट हुनेछन् । इभेण्टका टप २१ जनालाई नै नगद पुरस्कारको व्यवस्था रहेको पनि आयोजकले जनाएको छ । इभेण्टमा प्रथम स्थान हासिल गर्नेले १ लाख २५ हजार, दोस्रोले ८० हजार र तेस्रोले ५८ हजार नगद पुरस्कार हात पार्नेछन् ।

प्रतियोगितामा नेपालका एक वरियताका भुवन नगरकोटीसहित शिवराम श्रेष्ठ, शुक्र बहादुर राई, टंक बहादुर कार्कीलगायतका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता सुबास तामाङ, रितेश तामाङलगायतका एमेच्योर खेलाडीहरु सहभागी हुनेछन् ।

कुल आठ प्रतियोगिता खेलिने यस सिजनको सुर्य ओपनको कुल पुरस्कार ५५ लाख ३६ हजार ७ सय ५० रहेको छ । नेपाल व्यवसायिक गल्फर एसोसिएसनका प्रेसिडेन्ट रबिन्द्र मान श्रेष्ठले प्रतियोगिताका बारेमा बोल्दै १२ संस्करणसँग आइपुग्दा प्रतियोगिता अझ ठूलो हुँदै गएको र अमेच्योर तथा प्रोफेसनल खेलाडीलाई राम्रो प्लेटफर्म बन्न सकेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button