४ वर्ष पछि अञ्जलीको क्रिकेटमा पुनरागमन

राजाराम पौडेल,पोखरा न्यूज- ७ पुष । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागबाट नेपाली महिला क्रिकेटर अञ्जली चन्दको पुनरागमन भयो ।

नेपालमा भएका विभिन्न प्रतियोगीताको अलावा सिंगापुरमा भएको अन्डर नाइन्टिन, तथा कोरियामा भएको साउथ एशियन गेममा खेली सकेकी उनी हातमा भएको समस्याका कारण विगत ४ वर्षदेखि टिमबाट टाढा थिइन् तर १३ औँ सागमा उनले अवसर पाइन् । जुन अवसरलाई सदुपयोग गर्दै आफुलाई अब्बल सावित गर्न  पनि सफल बनिन् ।

म ४ वर्ष पछि टिममा परेको हुँ । टिममा पर्न पहिला धेरै कोशिस गर्थे । क्याम्पमा आउथे, जान्थे । तर क्वालिफायरमा हातले साथ दिएन । बलिङ गर्न समस्या भयो । अनि टिममा परिन । उनले सुनाइन् ।

क्रिकेटमा स्वर्णपदक ल्याउने लक्ष्य पुरा नभई कास्यमा सिमित भएपनि अञ्जली भने आफ्नो प्रर्दशनका कारण चर्चामा रहिन् । उनका फ्यानहरुको संख्या ह्वात्तै बढ्यो । पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा पुग्दा उनी फ्यानहरुले घेरिएकी थिइन् । केहिले अटोग्राफ मागे, केहिले भने उनीसँग तस्विर खिचाए ।

म अहिले ३ महिनाको तालिममा टिममा परे । खुशी लाग्यो । टिममा त परे अब प्लेइङ ११ मा कसरी पर्ने भन्ने थियो । चान्स दियो भने ठिकैछ भन्ने लागेको थियो । पछि मलाई अवसर दिनुभयो । ४ वर्ष पछि परेको छु भन्ने भएको थियो । त्यसलाई सदुपयोग गर्दै आफ्नो खेल कौशल देखाए । खुशी हुँदै उनले भनिन् ।

१३ औँ साग आफ्नो खेल करियरको महत्वपुर्ण अवसर भएको अञ्जली बताउँछिन् । १३ औँ साग धेरै राम्रो भयो । नसोचेको कुरा पनि भयो । फ्यान बढे । आफ्नै ठाउँमा यसरी मौका पाए । उनले भनिन् ।

बैतडी जिल्लामा जन्मेकी उनले ८ कक्षा पढ्दाबाट क्रिकेट खेल्न सुरु गरेकी थिइन् । कक्षा ८ मा पढ्दा दाईहरुले क्रिकेट खेल्नुहुन्थ्यो । उहाँहरुले केटिहरुको गेम भइरहेको छ खेल्ने हो भनेर लग्नुभयो । खेलौन त कस्तो हुन्छ । राम्रो भए निरन्तरता दिन्छु । नभए छोडौला । त्यहिबाट शुर भयो । विगत सम्झैदै उनले भनिन् ।

सागमा गोल्ड मेडल जित्ने धोको पुरा नभएपनि पहिलोपटक क्रिकेटलाई पनि सागमा समावेश गरिएको उनी खुशी छन् । अबको दिनमा यो भन्दा बढी मेहनत गर्ने लक्ष्य उनको छ । क्रिकेट खेलाडीलाई अगाडी बढ्न सरकारले सर्पोट गरिदिनुपर्ने उनको आग्रह छ । ‘सकुन्जेल क्रिकेट खेल्छु, सरकारले केही गरिदिन्छ भने निरन्तर खेलिरहन्छु, केहि गरेन भने गाह्रो छ’ उनले भनिन् ।

हाल पाएको पारिश्रमीक र सेवा सुविधाले अगाडी बड्न गाह्रो हुने उनको बुझाई छ । ४ वर्ष अघि बझाङका नरेन्द्र बहादुर सिंहसँग मागी विवाह गरेकी उनी अहिले काठमाण्डौमा बस्छिन् । परिवारको साथ सर्पोट भएकोले अगाडी बढ्न सहज भएको उनले बताइन् । क्रिकेट खेल्दा विभिन्न आरोह अवरोह बेहोरेकी उनमा क्रिकेट क्षेत्रमा अगाडी बढ्ने धोको छ ।
अञ्जलीले महिला क्रिकेटमा नयाँ किर्तिमानी बनाइन् ।

माल्दिभ्स विरुद्धको पहिलो खेलमा नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिएकी थिइन् । साग अन्र्तगत महिला क्रिकेटमा नेपालले काँस्य पदक जित्यो । अञ्जलीले तेश्रो स्थानका लागि भएको मालदिभ्स विरुद्धको खेलमा ४ विकेट लिन सफल बनेकी थिइन् । उनी प्लेयर अफ द म्याच समेत बनिन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button